SmartPalika Mandandeupur Municipality Presentation

SmartPalika Mandandeupur Municipality Presentation

मण्डनदेउपुर नगरपालिकामा स्मार्टपालिकाको प्रस्तुतिकरण सम्पन्न

काभ्रे, श्रावण १४, २०७७
विगत लामो समयदेखि स्थानिय सरकारलाई सूचना प्रविधिमा पहुँच पुर्याउदै जनतालाई सूचनाको हक तथा प्रविधिमय बन्न आवश्यक प्रविधिको विकास गर्दै अघि बढेको स्मार्टपालिका प्रालिले मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोकलाई डिजिटल सुशासन प्रणाली तथा eGovernance Framework (ई-गभर्नेन्स फ्रेमवर्क) को बारेमा छलफल तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गरेको छ। स्मार्टपालिकाका Relationship Manager राजानन्द माण्डब्यको प्रस्तुतिकरण र Campaign Director बिबस महतको संयोजनमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।

नगरपालिकाका प्रमुख टोक बहादुर वाइवा, प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने तथा लेखा अधिकृत, इन्जिनियर तथा शाखा अधिकृतको उपस्थितिमा नगरका सूचना प्रविधि अधिकृत उमेश अधिकारीको कार्यक्रम संयोजनमा नगरलाई के कसरी प्रविधिमय बनाउने,नगरलाई डिजिटल प्रविधि र सुशासनमा कसरि अग्रडी बनाउने भन्नेमा विषयमा वृहद छलफल गरिएको हो।

Mandandeupur Municipality

प्रस्तुतिकरणको क्रममा मण्डनदेउपुर नगरपालिका र स्मार्टपालिकाका प्रतिनिधिहरु।

कृषि र पर्यटन नै नगर सम्बृद्धिको मुख्य आधार भएको हुनाले नगरलाई सुशासन प्रणालीमा परिचित गराई आगामी दिनमा जनतालाई दिइने सेवा सुविधा घरै बसि लिन सकिने सम्मका सिस्टम नगरले तत्काल राख्ने तयारी भएको जानकारी नगर प्रमुख टोक बहादुर वाइवाले कार्यक्रममा दिनुभयो।

नगरपालिका,गाउँपालिका लगायत स्थानिय तहलाई प्रविधिमैत्री बनाउने,जनतालाई सूचना र सेवाको हक प्रदान गर्ने ध्यायले आफ्नो हेलो मेयर,जनगुनासो,राजश्व,स्मार्ट पेमेन्ट,डिजिटल प्रोफाइल,घटना दर्ता लगायतका मोड्युललाई विस्तार गर्दै अघि बढेको स्मार्टपालिका स्थानिय तहको लागि एक प्राविधिक सारथी रहेको स्मार्टपालिकाका Campaign Director बिबस महतले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *