वर्गीकृत: काठमाडौँ महानगरपालिका नीति तथा कार्यक्रम – २०७९/८० 

 

काठमाडौँ महानगरपालिका नीति तथा कार्यक्रम – २०७९/८०
Summary of Kathmandu Metropolitan City’s  Budget Planning for Fiscal Year 2079/80 B.S.


राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले ११ औँ नगर सभामा पेश गर्नुभएको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम:

शिक्षा नीति | Education

  • सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिनेछ। यस अन्तर्गत शौचालय निर्माण र स्तरोन्नति, निशुल्क सेनेटरी प्याडको सुबिधा, पिउने पानीको प्रबन्ध र विद्यार्थीका लागि लकरको व्यवस्था गरिनेछ।
  • वडास्तरीय सामुदायिक सिकाई केन्द्र (Community Learning Center) मार्फत अनौपचारिक शिक्षा र सिप बिकास प्रबर्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिइनेछ।

सामाजिक सुरक्षा, स्वास्थ्य | Social Security and Health

  • महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ | बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।
  • ७० बर्ष नाघेका बरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था मिलाइनेछ ।
  • महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा नि:शुल्क बेडको प्रबन्ध मिलाइनेछ, एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाइनेछ ।
  • वडा क्लिनिकहरुको स्तरउन्नति गरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने, करदाताहरुलाई वीमाका लागि आवश्यक प्रबन्ध मिलाउने, महानगरले ५० प्रतिशत अनुदान दिने
  • विपन्नलाई निःशुल्क शैयाको प्रबन्ध गर्ने
  • आयुर्वेद पद्धतिलाई प्रवर्धन गर्ने

सूचना प्रविधि तथा सेवा प्रवाह  | Digital Transformation and Public Service Delivery

  • एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ति, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल (Digital Profile) तयार गरी एकीकृत विवरण सङ्कलन गरिनेछ ।
  • महानगरपालिकाद्वारा प्रबाह गर्ने सेवालाई क्रमश: होम डेलीभरी सरकारको अबधारणा अनुरुप बिस्तार गर्दै लगिने ।

सम्पदा तथा पर्यटन | Culture, Heritage and Tourism

  • महानगरक्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्पी थियटर निर्माण गरिने ।
  • प्राचिन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक बर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे संचालनको ब्यबस्था मिलाइने, हाँडीगाउँको पुनरुत्थान गर्दै होमस्टे सञ्चालन गरिने ।
  • नेवा: समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तराष्ट्रिय Branding गर्न पहल गरिने, बिभिन्न जात्रा, पर्वहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रबर्धन गरिने ।
  • धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर, हिति, पोखरी, बहाल, बहिल आदिको संरक्षण गरिनेछ । जात्रा पर्व सञ्चालन जस्ता अमूर्त सम्पदाको संरक्षणमा गुठी कार्यक्रमलाई निरन्तरता दिइने

फोहोर व्यवस्थापन तथा प्रदुषण नियन्त्रण | Waste Management, Hygiene and Pollution Control

  • फोहरलाई पुन: प्रयोग र प्रशोधन गर्न श्रोतमा नै बर्गिकरण गर्ने ब्यबस्था मिलाईने, फोहर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुन: प्रयोग तथा सो बाट उर्जा उत्पादनका लागि काठमाडौँ महानगरपालिका लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा Waste to Energy Plant जडान गर्ने ।
  • फोहोरको उत्पादन कम गर्ने, फोहोर संकलन, ढुवानी तथा अन्तिम व्यवस्थापनलाई सहज बनाउने, प्लाष्टिक झोला निषेध गर्ने, कागज तथा कपडाका झोला प्रवर्धन गर्ने, पार्क निर्माण गर्ने हरियाली बढाउने

खेलकुद | Sports

  • राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलकुद क्लबहरुसंगको सहकार्यमा लिग प्रतियोगिताहरु आयोजाना गरिने, ई स्पोर्ट प्रबर्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिने

सहरी यातायात नीति, सहरी विकास | Local  Transportation, Land use and Miscellaneous

  • सार्वजनिक जग्गाहरुको अतिक्रमण हटाई पार्क निर्माण गरिनेछ | हरेक महिनाको पहिलो आइतबार जनतासंग मेयर कार्यक्रम , महानगर ई लाइब्रेरी स्थापना गरी संचालनमा ल्याइने छ ।
  • बिग्रेका ढल, बाटो थप क्षती हुन नदिन तथा तत्काल मर्मत सम्भारका लागि आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्ति सहितको हाल संचालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरता दिइनेछ ।
  • सार्बजनिक यातायातलाई प्रभाबकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यका भित्रका सबै सार्बजनिक यातायातलाई एउटै छातामुनी संचालन हुने गरी ब्यबस्थापन गर्न आवश्यक पहल गरिने ।
  • फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न आबश्यक प्रबन्ध मिलाउने ।

अपाङ्ग मैत्री | Accessible Infrastructure

  • फुटपाथको स्तरोन्नति, बसस्टपहरुमा यात्रीहरुको विश्रामका लागि परम्परागत शैलीको फल्चा, सार्बजनिक शैचालायहरुलाई स्तरोन्नति गरी अपाङ्गता तथा लैङ्गिकमैत्री बनाइने, महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता ।
  • अपाङ्गमैत्री एटिएम मेशिन समेत संचालन गर्न आबश्यक समन्वय गरिने ।

Entrepreneurship and Local Production | उद्यमशीलता र स्थानीय उत्पादन

  • महानगरपालिका क्षेत्रभित्रका डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, मार्टहरुमा स्थानीय उत्पादन र अर्गानिक खाद्य बस्तु बिक्रि वितरणका लागि निश्चित स्थान उपलब्ध गराउन आवश्यक समन्वय गरिने ।
  • आफ्नै मार्ट ( केएमसी मार्ट ) निर्माण गरी संचालनमा ल्याउन आबश्यक ब्यबस्था मिलाइने ।

कृषि,पशु सेवा | Agriculture and Vet

  • भर्टिकल गार्डेन, कौसी तरकारी खेती, शीत भण्डारको स्थापना
  • पशुजन्य व्यवसायको अभिलेखीकरण, छाडा चौपायाको व्यवस्थापन, मासुजन्य उत्पादन तथा विक्री वितरण व्यवसायको मापदण्ड पूरा गराउने, मृत जीवजन्तुको व्यवस्थापन

Source: Kathmandu Metropolitan Website and Several Social Media Channels.


Manoj Bhattarai, CEO SmartPalika

Manoj Bhattarai | CEO, SmartPalika
Digital Governance Practitioner, Tech, Data and Impact Incubator

Please follow and like us:

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो ।