स्मार्ट वालिङ नगरपालिका डिजिटल सिस्टम हस्तान्तरण कार्यक्रम
स्मार्टपालिकाले वालिङ नगरपालिकाको लागि बनाएको Digital eGovernance Framework को हस्तान्तरण कार्यक्रम यही शनिबार असोज ११ गते वालिङ नगरपालिकाको कार्यालयमा हुने भएको छ।
डिजिटल रुपान्तरणको अभियानमा अगाडि बढिरहेको स्मार्टपालिकाले नेपालका स्थानीय तहहरुलाई Benchmark Technology Tools प्रदान गरेर कार्यसम्पादन र व्यवस्थापनमा सहयोग गर्दै आएको छ। यसैक्रममा वालिङ नगरपालिकामा eGovernance Framework को Launch हुन लागेको हो।
यस प्रणालीको प्रयोगबाट अब नगरवासीहरुले सिफारिश बनाउने, राजस्व तिर्ने, घटना दर्ता, हेल्लो मेयर, जनगुनासो लगायतका अन्य धेरै सुविधाहरु स्मार्टपालिकाको मोबाइल एप मार्फत सजिलै प्रयोग गर्न मिल्ने भएको छ। यी सेवाहरु प्रयोग गर्दा नगरवासीहरुले आफ्नो कामको स्थिति र अवस्था पुस नोटिफिकेसन मार्फत प्राप्त गरिरहेका हुन्छन्।
यसरी बनेको कागजपत्रहरुमा Digital Signature को प्रयोग हुने भएकोले यसलाई प्रमाणिक र सक्कलको मान्यता रहने छ।
कार्यक्रममा स्मार्टपालिकाको टिम वालिङ नगरपालिकाका पदाधिकारी, कर्मचारी तथा अन्य सरोकारवालाहरुको उपस्थिति हुनेछ। कार्यक्रममा आवश्यक सामाजिक दुरी तथा सुरक्षा उपायहरु अपनाइनेछ।
डिजिटल रुपान्तरणको लागि निकै अग्रसर र दूरदर्शी वालिङ नगरपालिकाका कर्मचारीहरु अब कागज बिना काम गर्न सक्ने हुनुभएको छ। अब कर्मचारीहरुले एउटा ट्याब्लेट र इन्टरनेट कनेक्सन भएपछि जुनसुकै ठाउँबाट पनि सजिलै काम गर्न सक्ने सिस्टम तयार भएको छ।