स्वचालित माईग्रेसन, होम क्वारिन्टिन तथा सीप व्यवस्थापन प्रणाली | धनगढी उप-महानगरपालिका

विगत ३ वर्षदेखि नेपालका स्थानिय तहको प्रविधिमैत्री सुशासन प्रणाली, प्रविधिमैत्री स्थानिय तह तथा प्रविधिमैत्री जनता बनाउने अभियानमा स्मार्टपालिका लागिरहेको छ।

कोरोना भाईरसको उच्च जोखिम रहिरहेको अवस्थामा भारत तथा अन्य देशबाट स्वदेश फर्किने नेपाली नागरिकहरुको स्वास्थ्यको जनचासो राख्दै र अझै हुनसक्ने जोखिमलाई कम गर्न स्मार्ट-पालिकाले विपद व्यवस्थापन प्रणालीको सुरुवात गरेको ३ महिना भइसकेको छ।

देशका ७० भन्दा बढि स्थानिय सरकारलाई प्रविधिमैत्री कोभिड -१९ व्यवस्थापन प्रणाली स्मार्टपालिकाले निशुल्क हस्तान्तरण गरिसकेको छ। लामो समयको अध्ययन, अनुसन्धान तथा खोज पश्चात स्मार्टपालिकाले स्वचालित माईग्रेसन, होम क्वारिन्टिन तथा सीप व्यवस्थापन प्रणाली सुदुर पश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी उप-महानगरपालिकामा सुरुवात गर्ने भएको छ।

माहामारीको ख्याल गर्दै कोभिडको प्रभाव न्युन गर्दै जनस्वास्थ्यलाई अनुकुल गराउने तथा विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल भित्र्याउदै गर्दा रोगको जोखिम उच्च हुने हुदा रोगी तथा स्वस्थ व्यक्तिलाई सचेत गराउने उद्देश्य स्वरुप यो विपद व्यवस्थापन प्रणाली लागु गरिएको मेयर नृप वडले जानकारी दिनुभएको छ।

हाल, UNDP Accelerator Labs Nepal को प्राविधिक संलग्नतामा धनगढी उप-महानगरपालिकाको उक्त प्रणालीमा रोजगार क्षति मापन तथा अवसर सृजना गर्ने उद्देश्यले Migrant Skills Mapping मोड्युलको प्रयोग हुने भएको छ।

स्मार्ट-पालिकाले विगत लामो समयदेखि स्थानिय सरकारलाई सूचना प्रविधि मैत्री नगर र जनतालाई प्रविधिमा सचेत गराउदै विभिन्न प्रणालीको विकास गर्दै आएको छ।

धनगढी उप-महानगरपालिकाले जस्तै देशभरिका स्थानिय सरकारले स्वचालित प्रणाली प्रयोग गरेमा रोगको जोखिम न्युनिकरण हुने र स्वचालित प्रविधिले नै धेरै काम गरिदिने हुँदा व्यवस्थापनमा सरलता आउने स्मार्ट-पालिकाका प्रमुख कार्यकारी मनोज भट्टराई बताउनुहुन्छ।

स्वचालित माइग्रेसन, होम क्वारेन्टिनतथा सीप व्यवस्थापन प्रणालीका विशेषताहरु:

  • व्यक्तिगत सीप दर्ता तथा व्यवस्थापन
  • विदेशमा हुनेहरुले स्वयं दर्ता गर्न सकिने
  • हिडडुँल गरेको खण्डमा सिस्टमले स्वतः सचेत गराउने
  • आगमन पश्चात सहज आइसोलेसन तथाक्वारेन्टिनमा दर्ता गर्न सकिने
  • क्वारेन्टिन वा आइसोलेसनमा हुँदाको दैनिक टेस्ट तथा रिपोर्टिङ गर्न मिल्ने

कोभिड-१९ नामक भाईरसको कारण विश्व आक्रान्त छ। सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाईरसले विश्वका लगभग सबै देशमा प्रभाव पार्यो। लगभग ७० लाख भन्दा माथि विश्वको जनसंख्या भाईरसको संक्रमणमा परेको छ।अझै भन्ने हो भने नेपाल जस्तो विकासशिल देशमा त यसको प्रत्यक्ष प्रभाव ज्यादै रहेको छ। नेपालमा हालसम्म ७ हजार भन्दा बढि संक्रमित छन् भने लगभग २० जनाको कोभिडको कारण मृत्यु भइसकेको छ र लाखौ मानिसहरु क्वारिन्टिन र आइसोलेसनमा राखिएका छन् । पछिल्लो समयमा लकडाउन खुकुलो भएपनि अझै जनजीवन सहज हुनसक्ने अवस्था छैन। लगभग ३ महिना लकडाउन भएपनि दैनिक रुपमा संक्रमित बढिरहेकोले अझै विकराल रुप लिनसक्ने स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य विज्ञहरुको अनुमान रहेको छ।

Please follow and like us:

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो ।