SmartPalika – Dhulikhel

धुलिखेलमा स्मार्ट पालिका

 

काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम समेत रहेको धुलिखेल नगरपालिकामा स्मार्ट पालिकाले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। NIC ASIA  बैंकको सहकार्यमा धुलिखेल नगरपालिकालाई स्मार्ट सिटि,डिजिटल सुशासन प्रणाली तथा जनतालाई प्रविधिमैत्री नगरको रुपमा विकास गर्नको लागि प्रस्ताब सहित प्रस्तुति तथा अन्तरकृया सम्पन्न गरिएको छ। धुलिखेल नगरपालिका तथा नगरपालिका महासंघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ तथा उपमेयर बिमला चौलागाईं शर्मा, नगरका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुइटेल तथा विभिन्न शाखा प्रमुखको उपस्थितिमा Demo तथा System को बारेमा छलफल गरिएको थियो।

 

Smart Dhulikhel

 

स्मार्ट पालिकाको टिम तर्फबाट Founder मनोज भट्टराई, Campaign Director बिबश महत तथा Relationship Manager राजानन्द मान्डब्य उक्त अन्तरकृया कार्यक्रममा सरीक भएर नगरपालिकाका तालुकदार समक्ष स्मार्ट पालिकाको विशेषता तथा सन्चालन हुने प्रक्रियाहरुको जानकारी प्रदान गर्नुभएको थियो। Founder मनोज भट्टराईले स्मार्टपालिकाको सिस्टम तथा जनताले के कसरी सेवा लिने मात्र नभई नगरका योजना, कार्यसम्पादन समेत झन्झटरहित बनाउदै सुशासन सहितको स्थानिय सरकार बनाउने मुख्य उदेश्य स्मार्ट पालिकाको रहेको प्रष्ट पार्नुभयो। NIC ASIA बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै स्थानिय तहमा आफ्नो सहभागिता तथा प्रविधिमैत्री नगर बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। स्मार्ट पालिकाले डिजिटल स्थानिय सरकार मात्र नभई प्रविधिमैत्री राष्ट्र निर्माणमा सकारात्मक कदमको थालनी गरेको भनाई नगरका प्रमुख अशोक कुमार ब्याञ्जुले व्यक्त गर्नुभयो। स्मार्ट पालिकाले देशका धेरै गाउँ तथा नगर, महानगरहरुलाई हाल ERP System मा लगिसकेको छ। स्मार्ट पालिकाले देशका ३० भन्दा बढि स्थानिय सरकारलाई प्रविधिमैत्री तथा डिजिटल सुशासन तर्फ अग्रसर गराउदै काम सम्पन्न गरिसकेको छ। धुलिखेल नगर पर्यटकिय नगर मात्र नभएर स्मार्ट नगरको रुपमा छिट्टै परिचित हुने तथा यो नगरबाट अन्य स्थानिय नगरले पनि धेरै ठुलो पाठ सिक्नेछ भन्ने हामीले विश्वास लिएका छौ।

Please follow and like us:

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो ।