
स्मार्ट पालिकाले आफ्ना सबै एप्सहरुमा कोरोना जानकारी मोड्युल राख्ने!
भर्चुअल कल सेन्टर २४ सै घण्टा खुल्ला रहने, लगातार अपडेट दिइरहने!
बिश्व्ब्यापी कोरोना वाइरस (COVID-19) संक्रमण तथा अन्य समस्याहरु बढी रहेको बेला स्मार्ट पालिकाले आफ्ना सबै एप्सहरुमा कोरोना जानकारी मोड्युल उपडेट गर्ने भएको छ। रक्षा फाउनडेसन र स्मार्ट पालिकाको सहकार्यमा उक्त कार्य गरिन लागेको हो!
हालसम्म स्मार्ट पालिका नेपालका २७ स्थानिय निकायहरुमा स्थापाना भएको छ। आफ्ना साझेदारी भएका नगर वा गाउँपालिका तथा महानगरपालिकाहरुलाई सदैव आविस्कार तथा प्रविधीमा सकृय बनाइ राख्ने स्मार्ट पालिकाको उद्देश्य अनुरुप यो कार्य गर्न लागिएको CEO मनोज भट्टराईले बताउनुभयो!