Corona Information Module added in all SmartPalika Mobile Apps

स्थानिय सरकारहरुको स्मार्टपालिका एप्समा अब कोरोना जानकारी मोड्युल।

 

Corona Information Module

 

स्मार्टपालिकाले आफुसँग काम गरिरहेका स्थानीय सरकारको स्मार्ट एप्समा आधिकारीक कोरोना जानकारी मोड्युल राखेको छ। Covid १९ ( कोरोना ) भाईरस विश्व भरी महामारीको रुपमा फैलिरहेको अवस्थामा यसका लक्षणहरु के-के हुन, यसको प्रभावलाई न्युन पार्न के-कस्तो उपायहरु अपनाउन सकिन्छ भन्ने जानकारी,  कोरोना बारेमा फैलिरहेका जानकारी कुन सत्य तथा कुन झुट ( Myths vs Reality ) जस्ता सुविधाहरु अब यस मोड्युलबाट लिन सकिन्छ।

चाँडै आफ्नो लक्षण हेरेर एप्स बाटै कोरोना परिक्षण गर्ने सुविधा पनि उपलब्ध हुनेछ। ” यस महामारीको प्रकोपलाई न्युनीकरण गर्न हामी सुरुबाटै प्रयास गर्दै छौ, अन्य निकायहरुसँग पनि हामी सहकार्य गरेर अगाडि बढ्दै छौ।” स्मार्ट पालिकाका  Campaign Director बिबश महतले बताउनुभयो। अहिले सामाजिक सञ्जालमा कोरोनाबारे अनेकन झुट तथा अवास्तविक जानकारी संचार भईरहेको अवस्थामा WHO लाई आधार मानेर आधिकारीक जानकारी र तथ्यहरु मोबाईल एप्स मार्फत जनता माझ ल्याएर सत्य-तथ्य जानकारी प्रदान गर्ने लक्ष्य स्मार्ट पालिकाको रहेको छ।

स्मार्ट पालिकाको Parent Company Cellapp Innovations ले यस कोरोना भाईरस महामारीसँग जुझ्न सुरु देखी नै अनेक प्रयासहरु गर्दै आएको छ। यदि तपाईं पनि आफ्नो तर्फ बाट सकिने सहयोग गरेर यो महामारीलाई न्युन गर्न योगदान पुर्याउन चाहनुहुन्छ भने यहाँ Click गर्नुहोस्।

Please follow and like us:

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो ।