वीरगंज महानगरपालिका र स्मार्ट पालिका बिच अन्तर्कृया कार्यक्रम सम्पन्न
नेपालका स्थानिय सरकारमा हुने जनताका कामहरुलाई सजिलो, छिटो तथा छरितो र भर्पर्दो बनाउने उद्देश्यले स्मार्ट पालिकाले नेपालभरिका विभिन्न ठाउँहरुमा स्ठानिय सरकारसँगको सहकार्यमा डिजिटल ई-गभर्नेन्स सिस्टम उपलब्ध गराउदै आएको छ। अहिलेसम्म २९ वटाभन्दा बढी गाउँपालिका, नगरपालिका तथा महानगरपालिकहरुमा आफ्नो सेवा-सुविधा अघि बढाइरहेको स्मार्ट पालिकाले आउने समयमा नेपालभरिका स्ठानिय सरकारलाई डिजिटाइज गरेर स्मार्ट सरकारी कामकाजको नमुना प्रस्तुत गर्ने लक्ष्य लिएको छ। यही क्रममा वीरगंज महानगरपालिकालाई स्मार्ट बनाउने उद्देश्यका साथ स्मार्टपालिका र वीरगंज महानगरपालिकाका प्रतिनिधिहरु बिच अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।
स्मार्ट सिटि बनाउने उद्देश्य लिएर वीरगंज महानगरपालिका र स्मार्ट पालिकाको साझेदारिमा एक् दिने अन्तरक्रीया कार्यक्रम गत पौष ०४ गते महानगरको सभाहलमा सम्पन्न भएको छ। महानगर प्रमुख विजय कुमार सरावगीको सभापतित्वमा उप-प्रमुख शान्ति कार्कि, प्रमुख कार्यकारी अधिकृत उमेश बस्नेत, टेक्निकल एड्भाइजर सन्जय खेतान, आईटि अफिसर सतिश कुमार चौधरी, इन्जिनिएर सुनिल कर्ण, नगर भित्रका वडा अध्यक्षहरु तथा सामाजिक अभियन्ताहरुको सकृय उपस्थितिमा स्मार्ट पालिकाका संस्थापक CEO मनोज भट्टराई, रिलेसनशिप मेनेजर राजानन्द माण्डव्य र डिरेक्टर बिबस महतको प्राविधिक प्रयासमा उक्त अन्तर्कृया कार्यक्रम संचालन गरिएको छ। नगर स्मार्ट, डिजिटल एवम् प्रविधिमैत्री बनाएर परीकल्पित स्मार्ट पालिका निर्माणमा नगरले कुनै कसर नछाड्ने कुरामा नगर प्रमुख तत्पर रहने वहाँहरुले विश्वास व्यक्त गर्नुभयो ।
नगर डिजिटल र प्रविधिमैत्री बनाउन सर्वप्रथम डिजिटल डाटा, डिजिटल घरधुरि तथा नगर भित्रका सार्वजनिक स्थलहरुलाई डिजिटल डाटामा समेटेर जनतालाई आवश्यक सेवा सुविधा र जानकारी दिदै प्रविधिमैत्री बनाउदै बिरगन्ज महानगरलाई सफा, सुन्दर, भ्रस्टाचारमुक्त, छिटो-छरितो कार्य सम्पादन गर्न नगर सदैब सकारात्मक रहेको नगरका प्रशासकिय प्रमुख उमेश बस्नेतले बताउनु भयो। कार्यक्रममा स्मार्ट पालिकाले डिजिटल नगर बनाउन आवश्यक सफ्टवेर, हार्डवेर र नि:शुल्क परामर्श दिन आफुहरु तत्पर रहेको मनोज भट्टराईले बताउनुभयो । यस कदमबाट जनताले आफ्नो हकअधिकारमा पर्ने सुविधाहरु उपयोग गर्न अहिले भोगिराख्नु परेको सास्ती बेहोर्न नपर्ने गरी समाजमा एउटा सकारात्मक प्रभाव पर्नेछ भन्ने आशाका साथ अघि बढीरहेको स्मार्ट पालिकाका संस्थापक CEO मनोज भट्टराईले बताउनुभयो।
कार्यक्रममा महानगरपालिका भित्रका विभिन्न शाखाका अधिकृत तथा शाखा प्रमुखले आफ्नो अनुभव र आवश्यक प्रविधिको बारेमा समेत चर्चा गर्नुभएको थियो।
Like!! Great article post.Really thank you! Really Cool.