
आज सरकारी निकाय जानुपर्नेछ भन्ने बित्तिकै एक खालको अत्यास लाग्ने वातावरण छ।
हामी विकासको कुरा गर्छौँ। हामी सुधारको कुरा गर्छौँ तर के हाम्रो गति समय सुहाउँदो छ त ?
नेपालमा सार्वजनिक सेवा र सुविधा लिन साह्रै नै कठिन र चुनौतीको काम हो, यो हामी सबैले नै भोगी आएका छौँ। हामीले कुनै पनि सरकारी कार्यालय गयौँ भने कयौँ समस्याहरु देख्न र भोग्न सक्छौँ।
एउटा सिफारिश लिन होस वा आवेदन दिन होस, हामीले एक दुई दिनको समय आफ्नो जीवनबाट छुट्टाउनै पर्ने हुन्छ किनभने हामीले यस्ता समस्याहरु भोग्नु पर्ने हुन्छ जसका बारेमा हामीलाई पहिल्यै थाहा हुन्छ, जस्तो कि :
- बत्ती गयो,
- अध्यक्ष्य ज्यू बिदामा हुनुहुन्छ,
- ढड्डा भेटिएन,
- खै त कागज पुगेन
- हाकिम सर खाजा खान जानुभएको छ, आदि..
यि त सामान्य समस्याहरु हुन जो हामी सबैले दुई भन्दा बढी पटक त भोगेकै छौँ। यि बाहेक कार्यालयमा आन्तरिक व्यवस्थापन, मार्गदर्शन र प्रक्रियागत त्रुटी लगायतका समस्या दशकौंदेखी थाती रहेका छन।
कहिले रूपान्तरण हुन्छन यि प्रक्रियाहरु र त्योसँग जोडिएको हाम्रो Quality of Life?
अचम्मको कुरा त के छ भने: ५०% भन्दा बढी सेवा लिन र आफ्नो नागरिक कर्तव्य पूरा गर्नका लागि मलाई एक्जना सहयोगी चाहिने हुन्छ। यस्ता ५० वटा दफ्तर हरेक सर्वजनिक सेवा कार्यालय बाहिर हुन्छन र सेवा लिए बापत उसलाई नगद पनि दिनुपर्ने हुन्छ। कतिपय ठाँउमा यस्तो नगद बहिर मात्रै नभएर भित्रैसम्म बाँडिन्छ, हामी जानकार नै छौं । सेवा प्रवाहलाई चुस्त बनाउँन धेरै जस्तो ‘हाकिम’ ले ईच्छा नदेखाउनुको मुख्य कारण यो पनि हो ।
आफ्नो अधिकारको सेवा लिन हामी नैतिक रहन खोज्यौं भने “एक्छिन” को कामलाई कम्तिमा “एक्दिन” त पक्कै लाग्छ। अब समस्याहरु बयान गर्दै गयौ भने त पक्कै पनि धेरै नै हुनेछन्।
कम्तिमा हामी युवाले केहि बेसी धाउनु परेपनि यस्ता अनैतिक अभ्यासहरुलाई दुरुत्साहन त गर्नैपर्छ। सके त्यो भन्दा केहि बढी ..
यसै सन्दर्भमा तपाईंहरुका पनि केही विशेष समस्या छन भने (अवश्य होलान) उल्लेख गरिदिनुहोला र अन्त्यमा मलाई सोध्न र बुझ्न मन लागेको, मैले खोजिरहेका उत्तर: यि समस्याहरुको समाधान कसरी हुन्छ होला? कहिले हुन्छ होला? र कसले गर्नुपर्छ होला?
सुझावहरु कमेन्टमा राखिदिनुहोला र आफ्ना केही अनुभव शेयर गर्न चाहनुहुन्छ भने यहाँ पठाउनुहोला
As a citizen, we have to roam around the government office from getting birth certificate to death certificate. It’s not easy here in Nepal because for the same work I roamed for 2 days in government offices while my friend made it done in less than an hour with a load of money.
मलाई बिगत 6 महिना आगाडि कार्यालयबाट सिफारिस लिनु थियो, तर मलाई त्यो सिफारिस गाउँ गएर लिएर आउनलाई लगभग ४ दिन लाग्यो। यो समस्या कहिलेसम्म आखिर?