Digital Survey Started in Raksirang Rural Municipality

Digital Survey Started in Raksirang Rural Municipality

राक्सिराङ गाउँपालिकामा डिजिटल प्रोफाइलको लागि सर्भे सुरु

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा Digital Profiling को लागि सर्भे गर्न स्वयंसेवकहरुलाई तालिम प्रदान गरिएको छ। चैत 8 गते आइतबार राक्सिराङ गाउँपालिकाको कार्यलयमा भएको कार्यक्रममा स्मार्टपालिकाका Campaign Director बिबस महतले ३० जना स्वयंसेवकलाई स्मार्टपालिकाको डिजिटल सर्भे टुल प्रयोग गर्न तालिम प्रदान गर्नुभएको थियो। साथ-साथै उहाँले स्मार्टपालिकाले अहिलेसम्म गरेका कामहरु र पोर्टफोलियोबारे पनि जानकारी गराउनु भएको थियो। कार्यक्रममा स्मार्टपालिकाका Business Development Manager महेश जोशी पनि सहभागी हुनुहुन्थ्यो।

डिजिटल घरधुरी सर्भे डिजिटल प्रोफाइल निर्माणको पहिलो कदम हो। डिजिटल प्रोफाइल तयार भए पछि नगरले यसको प्रयोग गरी आफ्नो वर्तमान अवस्था थाहा पाउनुको साथ-साथै नगरको भविष्यको योजनाहरु बनाउन पनि अत्यन्तै सजिलो हुन्छ। नेपालका कैयौं नगरपालिका/गाउँपालिका ई-गभर्नेन्समा प्रवेश गरिरहँदा राक्सिराङ गाउँपालिकाले पनि डिजिटल गभर्नेन्समा पाइला अगाडि बढाएको हो। अब भविष्यमा एकिक्रित सुशासन प्रणाली राखेर गाउँपालिकाको कामकाज पूर्ण रुपमा डिजिटल बनाउन राक्सिराङ गाउँपालिकाले ढोका खोलेको छ। यो बाटोमा स्मार्टपालिका सधैं साथ दिन प्रतिबद्ध छ।

Raksirang

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डुङ, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी अन्जन हटुवाल लगायत अन्य सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम सन्चालन भएको हो। Digital Governance तर्फ पहिलो पाइला चाल्नु भएकोमा राक्सिराङ गाउँपालिकाका बासिन्दा र कर्मचारी/ पदाधिकारीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आउँदा दिनहरुमा यसैगरी प्रविधिको बाटोमा अघि बढिरहनु हुन्छ भन्ने आशा गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *