विश्वको सर्वोत्कृष्ट १० मा चाँगुनारायण नगरपालिका !

विश्वको सर्वोत्कृष्ट १० मा चाँगुनारायण नगरपालिका !

स्मार्टपालिकासँग विगतका केहि वर्ष देखि प्राविधिक सहकार्य गर्दै आएको चाँगुनारायण नगरपालिका ,City Incubator Program मा विश्वको सर्वोत्कृष्ट १० मा सुचिकृत भएको छ। सुरुवाती दिन देखि नै चाँगुनारायण नगरपालिकाले प्रविधि मार्फत जनताको समस्या समाधान गर्ने र आफ्नो नगरलाई समुन्नत बनाउन देखाएको सक्रियता प्रशंसनीय र प्रेरणादायी छ।

Open Data Incubator अमेरिकाको The New York University मा संचालित The GovLab अन्तर्गतको कार्यक्रम हो। उक्त कार्यक्रममा सुचिकृत भएका १० नगरपालिकाले आगामी ६ महिनासम्म आफ्नो डाटा क्रियाकलापलाई अन्तरार्ष्ट्रिय मापदण्ड अनुरुपको बनाउने तालिम तथा आफ्नो प्राविधिक उपलब्धी अन्तराष्ट्रिय समुदाय सामु राख्ने अवसर पाउने छ। जुन अवसर नेपालको प्राविधिक विकासका लागि एउटा गौरवमय खुड्किलो हो।

उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाको तर्फबाट प्रतिनिधित्व गर्ने चाँगुनारायण नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सिद्धान्त न्यौपाने ज्यूको विज्ञताको उचित कदर भएको छ। देशलाई समुन्नत बनाउन निरन्तर लाग्ने कर्मचारी र जनप्रतिनिधिहरुको अभाव छैन भन्ने कुराको उदाहरण बन्नुहुने आदरणीय सिद्धान्त न्यौपाने, मेयर सोम प्रसाद मिश्र ज्यू र  सम्पूर्ण चाँगुनारायण नगरपालिका टिमलाई हार्दिक बधाईका साथै आगामी दिनहरु पनि सफल र फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

चाँगुनारायण नगरपालिकामा ERP Framework लागु गर्ने तथा स्मार्ट मोबाइल एप्स बनाउने काममा स्मार्टपालिकाले सहकार्य गरिरहेको छ। हाम्रो यो साझेदारीले त्यहाँको प्राविधिक यात्रालाई नयाँ आयाम दिने विश्वाश लिएका छौँ। देशलाई प्राविधिक रुपमा समुन्नत बनाउन चाँगुनारायण नगरपालिकासँग सहकार्य गर्न पाउनु स्मार्टपालिकाको लागि पनि गर्वको विषय हो । स्मार्टपालिकाको तर्फबाट चाँगुनारायण नगरपालिकाका जनताको जनजीवन सहज बनाउन प्राविधिक सहयोगी र सल्लाहकारको रुपमा रहिरहने  प्रतिवद्दता व्यक्त गर्दछौँ। साथै देशका अन्य स्थानीय तहलाई पनि प्रविधिमय बनाउन हामी निरन्तर सक्रिय छौँ।

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *