२०१८ मा Top 5 Startup Product सूचीबद्ध भएको स्मार्ट पालिकाको वर्तमान स्थिति।

२०१८ मा Top 5 Startup Product सूचीबद्ध भएको स्मार्ट पालिकाको वर्तमान स्थिति।

सन २०१८ मा ICT Awards को “Top 5 Startup Product” मा स्मार्ट पालिका परी Best Product को लागि सूचीबद्ध भएको थियो। Sarathi, iSolutionLife, ThirdWheelNepal, UdhyamiNepal सँग SmartPalika टप ५ मा सूचीबद्ध थियो। त्यस समयदेखी नेपाललाई स्मार्ट बनाउने मिशन लिएर अगाडी बढ्दै अहिल्यै स्मार्ट पालिका नेपालको २५ नगरपालिका/ गाउँपालिकामा स्थापना भइसकेको छ।

 

स्मार्ट पालिका प्रणालीको विकास पछाडि हाम्रो परिश्रमी टिमको भूमिका निकै ठुलो छ। यस् प्रणालिमा भएको सेवा-सुविधाहरु आफ्नो मोबाईल एप्स तथा कम्प्युटरबाट प्रयोग गर्न सकिन्छ। यो प्रविधी स्थानिय सरकारी शासनमा डिजीटल प्रभाव पार्नकोलागि ल्याइएको हो।

 

स्मार्ट पालिका प्रणालिको सुविधाहरु यस् किसिमको छन्:ICT smart palika

१) हेल्लो मेयर : मेयर र जनता बिच कुराकानी गर्न मिल्ने,

२) डिजीटल प्रोफाइल: घरधुरी, व्यापार सार्वजनिक स्थान, व्यक्तिगत विवरण एकै ठाउमा हेर्न/अद्यावधिक गर्न,

३) नागरिक वडापत्र: पालिकाले दिने सेवाको विवरण,

४) जनगुनासो: आफ्नो गुनासो स्थानिय सरकारसम्म पुर्याउन सकिने,

५) इ-मीटिङ: आफ्नो प्रतिनिधिहरुसँग कनेक्ट हुन, लाईभ अन्लाईन बैठक बस्न मिल्ने,

६) घटना दर्ता: आफ्नो महत्त्वपूर्ण दर्ताहरु(जन्म, मृत्‍यु, विवाह, बसाइसराइ, सम्बन्ध बिच्छेद) अन्लाईन गर्न सकिने,

७) इ-नक्सा:  घर जग्गको नक्सा पास गर्ने सकिने,

८) ईमर्जेन्सी सर्भिस: नजिकी आपतकालिन सम्पर्क विवरणहरु भएको,

९) जनता कनेक्ट: स्थानिय सरकारी प्रतिनिधि र जनता बिच छलफल गर्न मिल्ने,

१०) दर्ता चलानी: घटना दर्ताको भाग,

११) जिन्सी: मालसामान दर्ता गर्न मिल्ने,

यी सुविधाहरुको प्रयोग गरेर तपाईं आफ्नो घर वा कार्यालयमा बसेर स्थानिय स्तरको सरकारी कामहरु गर्न सक्नुहुन्छ। आफ्नो वडा कार्यालयमा गएर गर्नुपर्ने सबै कामहरु अब आफ्नो मोबाईलमै गर्न सकिन्छ। सन २०१८ देखी स्मार्ट पालिका आफ्नो लक्ष्यमा केन्द्रित भएर नेपालको नगरपालिका र गाउँपलिकहरु DIGITIZE गर्दै निरन्तर रुपमा अगाडि बढीरहेको छ।

स्मार्ट पालिकाको यो प्रक्रिया अझै जारी छ र यस् प्रणालीबाट नेपाललाई समग्रमा स्मार्ट बनाउनु नै हाम्रो लक्ष्य हो।

2 Comments

  • This is a very good plan ..

    Mohan Kumar Roka Reply
    • Thank you Mohan Kumar Jee. Your appreciation means alot.

      Smart Palika Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *