स्मार्टपालिकाको Covid19 Tracker प्रणाली

CORONA Virus महामारीको कारण अहिले देशव्यापी रुपमा सरकारले लकडाउन गरेको अवस्था छ। यस विपदको समयबाट निकास कसरी खोज्ने?

संकटको बेलामा आफ्नो सीप र कौशल प्रयोग गरेर केही योगदान पुर्याउन सकिन्छ कि भनेर समाधान खोज्ने क्रममा हामीले विपद व्यवस्थापन प्रणाली – Covid19 Tracker को विकास गरेका छौ। यस प्रणाली हाल भरतपुर, बीरगंज, पोखरा, धुलिखेल लगायत ७५+ स्थानिय निकायहरुमा लागु भइसकेको छ। हामीले यस प्रणाली नेपालको सम्पूर्ण  स्थानिय सरकारी निकायहरुलाई (७५३ वटै) नि:शुल्क प्रदान गर्नेछौ। कोरोना रोकथाम र व्यवस्थापनमा यो हाम्रो योगदान रहनेछ!

यस  प्रणाली कस्तो हो र यसबाट के-के गर्न सकिन्छ? कोरोना रोकथाममा यो कसरी प्रयोग हुन्छ त?

हामीले यस प्रणालीलाई एउटा Full-fledged विपद व्यवस्थापन प्रणालीको रुपमा विकास गरेका छौ। Cellapp InnovationsRakshya Foundation सँगको सहकार्यमा बनेको यस प्रणालीलाई अहिले Covid19 सँगै भविष्यमा आइपर्न सक्ने अरु विपदको समयमा समेत प्रयोग गर्न सकिन्छ।

अहिलेको महामारी व्यवस्थापन गर्न सिस्टममा निम्न सुविधाहरु रहेका छन्:

१) Virus बारे विस्तृत जानकारी ( लक्षण, सावधानीका उपायहरू, MYTHS vs REALITY आदि),
२) संक्रमितहरुको Live Tracking,
३) स्वयंसेवक व्यवस्थापन ,
४) राहत व्यवस्थापन Module एकीकृत गर्न मिल्ने,
५) बहु-पालिका कम्युनिकेसन
६) कालोबजारी नियन्त्रण समावेश भएको
७) दैनिक Isolation तथा Recovery रिपोर्ट,
८) Isolation मा भएका बिरामीहरु को Self Reporting सुविधा,
९) अस्पतालको रिपोर्टहरुको विश्लेषण सेवा,
१०) आप्रवासी विवरण,
११) नजिकका आपतकालिन सेवाको संपर्क विवरण ( एम्बुलेन्स, प्रहरी चौकी आदि ),
१२) स्वैच्छिक दर्ताको सुविधा,

विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस महामारीको प्रभाव न्युनीकरण गर्न हामी सबैको कर्तव्य हो। सर्वसाधारण जनता, सरकार र सम्बन्धीत निकायले आ-आफ्नो तर्फबाट जिम्मेवार भएर कदम चालेमा यस विपदको घडीबाट अवश्य निकाश पाउन सकिन्छ। त्यसैले उत्तरदायी भएर काम गर्न हामी सबै जनालाई स्मार्टपालिकाको तर्फबाट अपिल गर्न चाहन्छौ।

यस प्रणालीलाई सकेसम्म प्रयोगात्मक, सजिलो र अझै प्रभावकारी बनाउन हाम्रो टिम हरपल लागिपरेको छ। पहिले उल्लेख गरे अनुसार यस प्रणाली नेपालको ७५३ वटै स्थानिय निकायहरुलाई नि:शुल्क उपलब्ध छ। यदि यस प्रणालीलाई तपाईं आफ्नो स्थानिय निकायमा लागु गराउन चाहनुहुन्छ भने यस लिन्क्मा गएर सम्पर्क गर्नुहोस्। https://smartpalika.org/covid19-response-system

Please follow and like us:

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो ।