सरकारद्वारा जेष्ठ ७ गते दिउँसो सवा २ बजे नेपालको नयाँ राजनैतिक नक्शाऔपचारिक रुपमा सार्वजनिक गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्शा बुधवार काठमाडौंमा औपचारिक रुपमा एउटा कार्यक्रम बिच सार्वजनिक गर्नुभएको हो।
नयाँ नक्शाअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ। अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ। अतिक्रमित भूभाग बाहेकको नक्शामा नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर रहेको थियो।
नयाँ नक्शाको भेक्टर इमेज
हामी सबैले हाम्रो नयाँ नक्शाको तस्वीर सोशल मीडिया र समाचार पत्रहरुमा देख्यौं। तर नेपालको नयाँ नक्शाको भेक्टर इमेज अहिलेसम्म कहिँ पनि उपलब्ध छैन। यद्यपि यहाँ हामी तपाईंलाई नयाँ नक्शाको भेक्टर इमेज प्रदान गर्दैछौ, जस्लाई तपाईंले डाउनलोड गर्न र आवश्यक उद्देश्यको लागि प्रयोग गर्न सक्नुहुनेछ।
भेक्टर इमेज के हो र यो कसरी उपयोगी छ?
यदि तपाई सोचिरहनु भएको छ कि भेक्टर इमेज के हो? सरल शब्दहरूमा भेक्टर इमेज विन्दु, रेखा र घुमावबाट बनेको हुन्छ जुन ठोस वर्ग पिक्सेलको सट्टामा गणितिय समीकरणमा आधारित हुन्छ। यसको मतलब यो छ कि इमेज ठूलो वा साना होस् वा छविमा तपाइँ जूम गर्नुहोस्, रेखाहरू, घटता र पोइन्टहरू सहज नै रहन्छन्। फाइदाहरू हुन्:
- तिनीहरूको Size सानो हुन्छ,
- यो सजीलै सम्पादन र परिमार्जन गर्न सकिन्छ
- कुनै पनि आकारमा मापन गरिएको छ भने छवि को गुणवत्ताको कुनै क्षति हुँदैन,\
लिपुलेख, कलापानी र लिम्पियाधुरा सहित नेपालको हाम्रो नयाँ नक्शाको भेक्टर छवि डाउनलोड गर्नुहोस्
तपाईंको deviceमा यसलाई डाउनलोड गर्न बटन क्लिक गर्नुहोस् र आवश्यकता अनुसार थप प्रयोगको लागि यसलाई प्रयोग गर्नुहोस्।
डाउनलोड here