स्थानिय निकायहरुलाई डिजिटल रुपान्तरण गर्ने उद्देश्य बोकेको स्मार्टपालिकाले नेपालका ७५३ वटै स्थानिय सरकारका निम्ती कोभिड लाईभ ट्र्याकिङ तथा क्वारेन्टिन व्यवस्थापन प्रणाली बनाएको छ!
यस प्रणाली अन्तर्गत हाल क्वारेन्टिन व्यवस्थापन, लाईभ ट्र्याकिङ, आइसोलेसन व्यवस्थापन, दैनिक रिपोर्ट, स्वयं-परिक्षा लगयात अन्य मोड्युलहरु मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध छन। साथै विकास साझेदारहरुको सहयोगमा कन्ट्याक्ट ट्रेसिङ लगयात अन्य मोड्युलहरुको निरन्तर विकास र कार्यान्वयन गरिदै लागिने/लागिएको छ।
यस प्रणालीमा Health Coordinator, स्थानिय प्रतीनिधी तथा जिल्ला प्रशासन कार्यलयले आफ्नो मातहातको काम गर्न तथा रिपोर्ट निकाल्न सक्छन भने सर्वसाधारणले स्व्यंपरिक्षा लिने, आफ्नो दैनिक रिपोर्ट बुझाउने तथा आधिकारिक रिपोर्ट तथा जानकारी हेर्ने गर्न सक्छन।
हामी बिगत ११ बर्षदेखी देश-विदेशमा भएका प्राकृतिक प्रकोप व्यवस्थापनका निम्ती प्रणाली विकास गरिरहेका छौं। बिपद ब्यवस्थापनमा स्थानीय सरकारहरुले उल्लेखनिय योगदान गर्नुभएकै छ , COVID-19 नियन्त्रण्मा प्रविधीको उत्कृष्ट प्रयोग गर्ने बारेमा हामी उहाँहरुलाई सहयोग गर्ने छौं। हामीले तयार गरेका प्रणाली हस्तान्तरण गरी संसारमौ एउटा अमुल्य उदाहरणको प्रस्तुती दिन चहान्छौं! यस प्रणालीलाई भविष्यमा स्थानिय निकायको पूर्ण प्रकोप नियन्त्रण प्रणालीका रुपमा विकास गर्दै लान सकिने छ। –
मनोज भट्टराई, CEO
स्मार्ट पालिका र सेलएप इनोवेसन्सको संयुक्त प्रयासमा यस प्रणालीको विकास गरिएको हो! यस प्रणाली हाल भरतपुर महानगर, बिरगंज महानगर, धुलिखेल नगरपालिका लगायत कारीब २० स्थानिय निकायमा प्रयोगमा आएको छ।
smartpalika.org | cellapp.co
आफ्नो स्थानिय निकायमा कार्यान्वयन गर्नका लागि हामीलाई सम्पर्क गर्नुहोस >>
भरतपुर महानगरमा हस्तान्तरणका केहि झलक:
[metaslider id=3457]