Gurbhakot Municipality eGovernance System Launched

कर्णाली प्रदेशकै पहिलो स्मार्टपालिका गुर्भाकोट नगरपालिका

सुर्खेत,
सुचना, संचार र प्रविधिको उच्चतम प्रयोग गर्दै जनताका सेवा सुविधा र जन गुनासोलाई प्रविधिसंग जोड्ने प्रयास गर्दै गुर्भाकोट नगरपालिकाले कर्णाली प्रदेशकै पहिलो स्मार्ट नगरको रुपमा आफुलाई प्रस्तुत गरेको छ। स्मार्टपालिका प्रालि काठमाण्डौंको प्राविधिक सहकार्यमा डिजिटल सुशासन प्रणाली तथा मोबाईल एप्स तयार गरी नगरप्रमुख हस्त पुनलाई हस्तान्तरण तथा शुभारम्भ सम्पन्न भएको छ।

देशका लगभग ११० भन्दा बढि स्थानिय तहलाई प्रविधिमय बनाउदै नागरिकका सेवालाई घर बसि मोबाईल एप प्रयोग गर्दै लिन सकिने प्रविधिको विकास गरी कर्णाली प्रदेशमा पनि यो कार्य गर्न पाएकोमा अत्यन्तै खुसी लागेको स्मार्टपालिकाका जनसम्पर्क संयोजक राजानन्द माण्डव्यले बताउनुभयो।

स्मार्टपालिकाले विगत १ वर्षको अथक प्रयासमा यो कार्यक्रम सम्पन्न गरी नगरपालिकाको जिम्मेवारी पुरा गरेको भन्दै स्मार्टपालिकाका अभियान निर्देशक बिबस महतले सुशासन प्रणाली तथा मोबाईल एप्स प्रस्तुतिसँगै अन्तरकृया पनि सम्पन्न गर्नुभयो।

नगरका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर खत्रीले नगरले पहिलो प्रविधिमय कदम चालेको र अबका दिनमा अझै उच्चतम प्रविधिको प्रयोग गरी गुर्भाकोट नगरपालिकाले जनताका सेवा सुविधा मोबाईल एप्सबाट गर्ने मात्र नभई कर्मचारीलाई समेत प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताउनु भयो। नगरपालिकाले एक वर्षको प्रयासमा स्थानिय स्वयंसेवकको सहयोगमा पहिलो पटक डिजिटल घरधुरी तथ्यांक संकलन गरी पेपरलेस प्रणालीमा अघि बढ्ने प्रयास गरेकोमा आफु पनि खुसी रहेको सूचना प्रविधि अधिकृत नरेन्द्र कुमार विकले जनाउनुभयो।

नगरप्रमुख हस्त पुनका अनुसार गुर्भाकोट नगरपालिका प्रविधिको प्रयोग गर्न पहिलो पाईला टेक्दै छ, अझै अप्ठ्यारा बाटाहरु बाँकी छन् तर पनि जनतालाई सूचना र प्रविधिको प्रयोग गराउदै प्रविधिमैत्री सुशासन प्रणाली सहितका सेवा दिदैँ आगामी दिनमा आफ्नै डाटा सरवर, हरेक वडामा फ्री इन्टरनेट सहित नागरिकसँग प्रत्यक्ष रुपमा जोडिने मात्र नभई नगरका आन्तरिक काम कारवाही पनि अब प्रविधिमैत्री हुनेमा विश्वस्त रहेको बताउनुभयो।

स्मार्टपालिका सुर्खेत जिल्ला संयोजक कमल प्रसाद लामिछानेले गुर्भाकोट नगरपालिका सुरुवात रहेको र हामी पुरै कर्णाली प्रदेशलाई प्रविधिमय बनाउदै सुशासन र सम्बृद्धी तर्फ अग्रसर बनाउनमा तत्पर रहेको बताउनुभयो।

कार्यक्रममा कोभिडको जोखिमलाई मध्यनजर गर्दै कार्यपालिका, वडाअध्यक्ष र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।

Please follow and like us:

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो ।

1 Comment

  • Chaurjahari ma Pani yehi system rakhne pahal garnu paryo. Ahile ko digital profile ramro chaina.

    Bibek Reply