अहिले नगरे कहिले? हामीले नगरे कसले? SmartPalika- स्मार्ट बन्दैछ नेपाल!
देशको दुर्गम क्षेत्रहरुमध्य एक मानिए पनि, कुनै पनि यातायातको साधन-श्रोत नभएता पनि र नेट्वोर्क/वाइ-फाइको अधिकतम पहुँच नभएपनी – यदि चाहियो र आँटियो भने डिजिटल युगमा प्रवेश गर्न सकिन्छ र आफ्नो स्थानिय तहलाई स्मार्ट बनाउन तर्फ लग्न सकिन्छ।
अपिहिमाल गाउँपालिका – यहाँ पुग्न हामी ४ घण्टा पैदल हिंडेर जानुपर्छ र गाडी पुग्ने ठाउँसम्म पुग्न काठमाडौंबाट ३ दिन लाग्छ। आज दार्चुला, सुदूरपश्चिम नेपालको त्यही अपिहिमाल गाउँपालिकाले आफ्नो डिजिटल प्रोफाइल तयार गरेको छ। स्मार्ट गाउँपालिका बन्ने पहिलो खुड्किलो – डिजिटल प्रोफाइलको विकास गाउँपालिकाले स्मार्टपालिकाको सहकार्यमा गरेको हो।
२०७७ साल फाल्गुन २० गते स्मार्ट पालिकाका CEO मनोज भट्टराई, Campaign Director बिबस महत र Business Enabler अक्क्षुण थापाले अपिहिमाल गाउँकार्यपालिकाको कार्यालयमा डिजिटल प्रोफाइल हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्षमण सिंह धामी, सूचना तथा संचार प्रविधि अधिकृत प्रमोद सिंह मन्याल, शाखा अधिकृतहरु लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो।
डिजिटल प्रोफाइलले अतिरिक्त सेवा र सुविधाहरूको साथ साथै कुनै पनि क्षेत्रमा विस्तृत जानकारी र डाटा प्रदान गर्दछ। यसले स्थानिय सरकारलाई ठूलो सहयोग पुर्याउन सक्छ। जनता र स्थानीय सरकार दुवैलाई फाइदा पुर्याउने यस प्रणालीका केही फाइदाहरू यसप्रकार रहेका छन्:
१) आफ्नो क्षेत्रको व्यक्तिगत / घरेलू र व्यवसायको डाटा स्टोर र विश्लेषण गर्न सजिलो हुने
२) आफ्नो स्थानिय तहको डाटाहरुको ग्राफिकल प्रतिनिधित्व हुने
३) डाटालाई विभिन्न कोटि अनुसार फिल्टर गरी आफ्नो स्थानिय तहलाई चाहिए अनुरुप योजना बनाउन सकिने
४) वार्षिक रिपोर्ट तयार गर्न धेरै सजिलो हुने
देशको त्यति दुर्गम क्षेत्र मानिने दार्चुलाको अपिहिमालले आफ्नो पालिकाको सुनौलो भविष्यको लागि पहिलो कदम लिएको छ। स्मार्ट पालिकाले गाउँपालिकाको स्मार्ट र डिजिटल बन्ने लक्ष्यमा पूर्ण रुपमा सधैं साथ दिईरहने छ र अपिहिमाल लगायत नेपालका हरेक स्थानिय तहलाई डिजिटल शिफ्ट दिन सधैं तत्पर रहनेछ।