
भूमे गाउँपालिका
नेपालकै सबैभन्दा विकट क्षेत्रहरुमध्य एक मानिने रुकुम पूर्वको भूमे गाउँपालिका अब स्मार्ट बन्दै छ। भूमे एउटा यस्तो क्षेत्र हो जहाँ टेक्नोलोजी अहिलेसम्म राम्ररी पुगेको छैन। जहाँ मोबाईल नेट्वोर्क राम्ररी टिप्दैन, ईन्टरनेटको राम्रो सुविधा छैन, त्यो क्षेत्र अब स्मार्ट पालिकाको सहकार्यमा DIGITIZE हुन गइरहेको छ।
कसरी स्मार्ट बन्दैछ त भूमे गाउँपालिका?
भूमेको प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रसिंह श्रेष्ठद्वारा यो प्रोजेक्टको INITIATION भएको हो। भूमेमा यो प्रविधी ल्याउनको पछाडि वहाँको भूमिका निकै ठुलो छ। प्रशासकीय अधिकृत ज्यु साथै त्यहाँका अध्यक्ष ज्यु श्री रामसुर बुढा मगर र उपाध्यक्ष श्रीमती मनकुमारी बुढा विष्ट ज्युको साथ र विश्वासले गर्दा आज स्मार्ट पालिका र भूमे गाउँपालिका बिच्मा यो प्रणाली ल्याउने सम्झौता भएको हो।
गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत ज्युले भूमेमा स्मार्ट सिस्टम लागु गर्ने ठान्नुभएपछी स्मार्ट पालिकामा प्रस्ताव राख्नुभयो। प्रशासकीय अधिकृत श्री चन्द्रसिंह ज्यु र हाम्रो CEO श्री मनोज भट्टराइ ज्यु र Campaign Director श्री बिबश महत ज्युको बिच्मा बैठक सम्पन्न भएपछी यस् प्रणाली विकासको कार्य अगाडि बढाइएको हो।
सबैभन्दा पहिले भूमेको स्मार्ट एप्स् विकासको लागि त्यहाँको स्थानिय जानकारी हुन आवश्यक थियो। मान्य जानकारीको लागि हामीले त्यहाँ विभिन्न चरणमा कामहरु सम्पन्न गर्यौ। पहिलो चरणमा भूमे गाउँपालिकामा स्मार्ट पालिकाद्वारा स्थानिय सर्वेक्षण गरियो। त्यस सर्वेक्षण त्यहाँकै स्थानिय वासिन्धाहरुको अन्तर्गतमा भएको थियो। स्वयंसेवकहरूद्वारा सर्वेक्षण गरिएपछी निकालिएको जानकारीलाई ३ स्तर प्रमाणिकरण गरियो। सुरुमा त्यहाँको वडा कार्यालय र त्यस्पछी स्मार्ट पालिकाले आएको जानकारीलाई प्रमाणित गरी विश्लेषण गरेपछी त्यहाँको एप्स्को विकास गर्ने प्रकृया सुरु भयो। अहिले वर्तमान समयमा यस् एप्स्को DIGITAL FRAMEWORK तयार भइसकेको छ।
देशकै विकट मानिने भूमे गाउँपालिकामा यस्तो स्मार्ट प्रणाली ल्याउन श्री चन्द्रसिंह श्रेष्ठ ज्युले गर्नुभएको परिश्रम, अध्यक्ष ज्यु, उपाध्यक्ष ज्यु र सम्पूर्ण स्वयंसेवकहरुले दिनुभएको साथ भूमेको लागि निकै अमूल्य हुनेछ र देशको विभिन्न क्षेत्रका लागि एउटा उदाहरण बन्नेछ।
SmartPalika – स्मार्ट बन्दैछ नेपाल! को यस् प्रणालिमा भएको सुविधाको बारेमा जान्नका लागि यहाँ CLICK गर्नुहोस्।

भूमे गाउँपालिकाको Digital Survey गर्ने स्वयंसेवकहरुसँग SmartPalika – स्मार्ट बन्दैछ नेपाल! का Campaign Director – Mr. Bibash Mahat
यो त एकदमै खुशीको कुरा हो । हरेक क्षेत्रमा विकासको लागि “भुमे” ले तीब्र गति लिओस् मेरो शुभकामना !!!
धन्यवाद Bishow Magar जी।
wow good
Thank You Hira Jee.