स्मार्टपालिका-शुरुवात आफैबाट

वर्षौंदेखि नयाँ नेपाल निर्माणको आशमा बसिराखेका नेपाली जनताको आशाको दियो बनी आयो- प्रतिनिधीसभा सदस्य तथा प्रदेश सदस्य निर्वाचन। स्थानीय क्षेत्रमा रहेर देशलाई समान विकासको बाटोमा लानु नै यसको मूल उद्देश्य हो। यस स्थानीय चुनावाले प्रत्येक नेपालीको आँखामा एउटा सुन्दर समान नेपालको सपना साँचिदिएको छ। समृद्ध नेपाल र नेपालीले बनेको देशमा फेरि बुद्ध हाँस्नेछन् भन्ने पूर्ण विश्वास समस्त नेपालीहरूमा रही आएको छ।

नेपाली जनता २० वर्षपछि भएको स्थानीय सभाको निर्वाचनको उत्साह मरेर जानुभन्दा अगाडिनै विकासको बाटोमा अग्रसर रहन जरुरी छ। राजनीतिक अस्थिरता र विभिन्न समस्याहरूको जालझेलमा बाँधिएको कारण नयाँ नेपाल निर्माण कार्यले उच्च गति लिन सकेको छैन। देशले सकरात्मक बाटो तिर मोड लिँदै जाँदा पनि, तीव्र गतिले देश विकास हुन नसक्दा नेपाली जनताहरू निराश देखिन्छन्। सम्भावना र सक्तिको सहि प्रयोजन नगर्दा हामी आफैँमा अल्झिरहेका छौँ।

पूर्ण विश्वाव्यापी रूपमा विज्ञान र प्रविधीले आफ्नो वर्चश्व बढाउँदै जाँदा हामी चाहिँ अझै चमत्कारको पर्खाइमा छौँ। शायद कमी एउटा मात्र छ- शुरुवात किन सानो नै नहोस् तर नेपाललाई प्रगतिको बाटोमा अग्रसर गर्नको लागि यही साना-साना शुरुवात पुर्‍याउँछ भन्ने कुरामा पूर्ण विश्वास गर्न सकिन्छ।

त्यही एउटा सानो शुरुवात हो ‘स्मार्टपालिका’। डिजिटल नेपालको परिकल्पना हो ‘स्मार्टपालिका’। प्रविधि सम्पन्न राष्ट्र निर्माण गर्ने उत्साह हो ‘स्मार्टपालिका’ । समग्रमा भन्नुपर्दा एक प्राविधिक र प्रगतिशील राष्ट्र निर्माणको बाटो हो ‘स्मार्टपालिका’। विश्वमा मानिसहरूले सारा ब्रह्माण्ड पिई सक्दा पनि हाम्रो देश प्रविधी क्षेत्रमा निकै पिछडिएको देख्न सकिन्छ। नेपालको हरेक गाउँपालिका र नगरपालिकालाई स्मार्ट सिटीमा परिनत गरेर जनता र प्रतिनिधीको सहजता बढाई सूचना सम्पन्न समाज बनाउनु हाम्रो प्रतिबद्धता हो।

 

दक्षिण कोरियाको सिओल, अष्ट्रियाको भियनाजस्ता शहरहरूले आफ्नो जनताहरूमा प्रविधीको पहुँच पुर्‍याई विकासको उच्च गतिमा अगाडि बढ्दै छन्। यी सबै सम्पन्न राष्ट्रमा स्मार्ट सिटीको कन्सेप्ट र क्यापेनहरू द्रुत गतिबाट शुरु भएको थियो। स्मार्ट सिटीको कन्सेप्ट विश्वभर नै फैलिरहेको छ र यसको मद्दतले जनताहरूले थुप्रै कार्यहरू आफ्नो घरमा बसिबसि गर्न पाएका छन्। तर दुर्भाग्य वश हामीजस्ता विकाश उन्मुख राष्ट्रहरू अझै पनि सूचना प्रविधीमा निकै पिछडिएका छौँ। सानोसानो कामका लागि कागज र कलममा सीमित छौँ। प्रशाशनिक तन्त्र र भ्रष्टचारले देशलाई खोक्रो पार्नुअगाडि नै समस्याको समाधान खोज्न जरुरी छ। यी सबै समस्याको एउटै समाधान हो- ‘स्मार्टपालिका’।

सरल भाषामा भन्नुपर्दा स्मार्ट सिटी भनेको कुनै पनि गाउँ वा नगरलाई सूचना तथा प्रविधीको मद्दतले गुनस्तर सेवा दिनु हो। नेपाल जस्तो विकास उन्मुख देशहरूमा यसको चर्चा धेरै नै चल्छ र तर यो सबै कुरामा मात्र सीमित हुन्छ। सरकारी स्तरबाट यसका लागि केहि पनि ठूलो पहल नभएको देखिन्छ। निजी कार्यालयबाट भने स्मार्ट सिटीको लागि जुटि रहेका छन्। खल्ती, ईसेवाजस्ता कम्पनिहरूले घरमै बसेर पैसाको कारोबार गर्न मद्दत गरिरहेका छन्। दराज, सस्तोडिल, हाम्रो बजारजस्ता कम्पनिहरूले पनि आफ्नो स्तरबाट घरमै बसेर सपिङको लागि सहयोग गरिरहेका छन्।

भरखर सम्पन्न भएको स्थानीय चुनावमा सबै उम्मेदवारहरूको एउटा मात्र अडान थियो- ‘अबको पालो स्मार्ट शहरको’ तर यी पहलहरू केवल बोलीमा मात्र सीमित भएको पाइन्छ। नेपालमा अझै पनि सबै सरकारी कामहरू गर्न नगरपालिका र गाउँपालिको कार्यालयमा घण्टौ लाइनमा बस्नुपर्ने अवस्था छ। हालस्म्म सरकारी निकायबाट यसका लागि केही पहल नभएकोले निजी संस्थाबाट स्मार्टपालिकाको शुरुवात भएको छ। स्मार्टपालिकको मद्दतबाट सबैको नेपालीहरूको स्मार्ट सिटीको सपना पुरा हुने आशा जागेको छ। यस एपको मार्फत् नगरपालिका र गाउँपालिकाका सबै बासिन्दाहरू घरमै बसेर आफ्नो सम्पूर्ण सरकारी कामहरूको लाभ लिन सक्नेछन्।

स्मार्टपालिकाको मूल लक्ष्य भनेको नै नेपाललाई प्रविधी सम्पन्न बनाई जनताहरूलाई स्मार्ट बनाउनु हो। प्रविधी हरेक क्षेत्रमा अपरिहार्य छ। हाम्रो लक्ष्य भनेको प्रत्येक क्षेत्रले प्रविधीलाई अङ्गालेर अघि बढोस् भन्नु हो। स्मार्टपालिका जस्तो प्रविधीको मद्दतले नेपालमा स्मार्ट सिटीको भविष्य साकार पार्न सम्भव छ। नागरिक र सरकारबीच सहि संयोजन बनाई राखी नेपालको स्मार्ट सिटीको परिकल्पनालाई आकृति प्रदान गर्ने आधार हो स्मार्टपालिका। अब गफमा मात्र सीमित नभई कार्यमा पनि नेपाल निर्माणको काम शुरु भएको छ। स्मार्टपालिकालाई गाउँपालिका र नगरपालिकामा समायोजन गरेर सम्पूर्ण देशलाई नै प्रविधी सम्पन्न बनाउनु हाम्रो कर्तव्य र प्रतिबद्धता हो।

सम्पूर्ण नेपालीले सपना बोकेको स्मार्ट सिटीलाई साकार बनाउनु हाम्रो कर्तव्य बनेको छ। यस्तै सपनाहरूलाई जोडेर रङ्ग भरी सुन्दर प्रविधी सम्पन्न नेपालको चित्र बनाउने लक्ष्य हामीले लिएकाछौँ।

स्मार्टपालिकाको डेमोको लगी:

Please follow and like us:

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो ।

1 Comment