
सुशासन कायम राख्नको लागि स्थानिय सरकारले नागरिकहरुको गुनासो, सल्लाह-सुझाव र प्रतिक्रिया लिईराख्न अत्यावश्यक हुन्छ।
स्मार्ट पालिकाको JANA GUNASO मोड्युलले अब स्थानिय सरकार र नगर वासिन्दाहरु विचको संचारलाई निकै सहज र सरल बनाइदिएको छ।
अब प्रत्येक पालिकाले आफ्नो नागरिकहरुको समस्या तथा गुनासोहरु सम्बोधन Digital रुपमा स्मार्ट पालिकाको JANA GUNASO मोड्युल प्रयोग गरेर गर्न सक्नुहुनेछ।
यस महामारीमा हामीले नागरिक र प्रतिनिधिहरू बीच उचित सञ्चारको महत्त्व थाहा पायौ र साथै त्यस्को कठिनाइहरु पनि भोग्यौ।
अबको आउदो समयमा यस समस्याको समाधानको लागि स्मार्ट पालिकाको “Hello Mayor” मोड्युल उत्कृष्ट छ। यस् प्रणालीको प्रयोग गरी आफ्नो निकायको माननिय मेयरअध्यक्ष ज्युसँग हामीले जुनसुकै ठाउँबाट सम्पर्क गर्न सक्नेछौ।
हेल्लो मेयरको मुख्य विशिष्टताहरु:
१) मेयर/अध्यक्ष ज्यु र जनताको सिधा अन्तर्क्रिया,
२) दुई तर्फी संचार,
३) अन्लाईन च्याट मोड्युल,
४) प्रयोग गर्न निकै सजिलो,
५) तपाईंको छलफल ईन्क्रिप्टेड/सुरक्षित हुने।
अब स्थानिय तहमा परम्परागत नागरिक वडापत्रलाई विस्थापित गरेर डिजिटल नागरिक वडापत्र स्थापना गर्ने समय आइसकेको छ।
- स्थापना गर्न अत्यन्त सजिलो र सुपथ यस डिजिटल नागरिक वडापत्रका मुख्य विशेषताहरु यस प्रकार रहेका छन्:
- कार्यालयमा Touch Screen, Smart TV, LED Display वा Normal Screen मा सजिलै राखेर प्रयोग गर्न सकिने,
- जनताले आफ्नै मोबाइल फोनमा समेत डिजिटल वडापत्र राख्न, हेर्न र उपयोग गर्न सकिने,
- वडापत्रलाई सम्पादन गर्न तथा नयाँ जानकारी सजिलै राख्न मिल्ने,
- प्रयोगकर्तालाई चलाउन र बुझ्न असाध्यै सजिलो User Interface,
- सामान्यतया Slide Show गर्न सकिने अथवा Touch Screen मा छोएर आफुलाई चाहिएको जानकारी लिन सकिने,
- डिजिटल एल.जि प्रोफाइल समावेश गर्न मिल्ने,
- परम्परागत नागरिक वडापत्रमा रङ खुइलिने, मेटिने जस्ता भौतिक समस्याको समाधान।
स्मार्ट पालिकाको Digital LG Profile मार्फत अब स्थानीय सरकारले आफ्नो पालिकाका प्रत्येक व्यक्ति,घरधुरी,व्यवसाय तथा सार्वजनिक स्थलहरुको डिजिटल विवरण तथ्याकंको रुपमा सुरक्षित र सरल तरिकाले व्यवस्थापन गर्न मिल्ने भएको छ।
मुख्य विशेषताहरु:
- वडा अनुसार विवरण
- SMART तथ्याकंहरु
- GPS स्मार्ट विवरण
- Filter (caste, gender, population आदि) अनुसार विवरण
- हरेक घरधुरीको स्मार्ट विवरण
- सार्वजनिक स्थानको विवरण
आफ्नो घर जग्गाको नक्सा पास गर्ने स्मार्ट तरिका हो स्मार्ट पालिकाको “E-Naksha”। अब आफ्नो घर जग्गाको नक्सा पास गर्न तपाईं सरकारी कार्यलय गइराख्नु पर्दैन। तपाईंले आफ्नो घरमै बसेर नक्सा पास गर्ने सम्पूर्ण कार्य मोबाईलबाट गर्न सक्नुहुनेछ।
यस् प्रणालीको मुख्य विशिष्टताहरु:
१) अन्लाईन सेवा,
२) मोबाईल एप्स इन्टीग्रेसन भएको,
३) प्रयोग गर्न सजिलो मोड्युल,
४) नक्सा पास गर्ने डिजिटल तरिका।
महामारीको बेलामा कर्मचारी तथा प्रतिनिधिहरु एक अर्कासँग कनेक्ट हुने सहज र सरल माध्यम “इ-मीटिङ”। स्मार्टपालिकाको यस मोड्युलको माध्यमबाट जरुरी सूचनाहरु कर्मचारी र प्रतिनिधिहरुसँग सजिलो तरिकाले प्रवाह गर्न, बिना अवरोध छलफल गर्न, ग्रुप च्याट र लाईभ भिडियो कन्फ्रेन्स जस्ता सेवाको उपयोग गर्न सकिन्छ।
यस प्रणालीका मुख्य विशेषताहरु :
१) मोबाईल र कम्प्युटर इन्टीग्रेसन भएको,
२) गोप्य छलफल गर्ने स्मार्ट तरिका,
३) तपाईंको छलफल ईन्क्रिप्टेड/सुरक्षित रहने।
अब स्मार्ट पालिकाको “Ghatna Darta” मोड्युलबाट पञ्चीकरण दर्ता गर्ने कार्यलाई स्मार्ट बनाउन सकिन्छ। यस् प्रणालीबाट जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइसराइ दर्ता, सम्बन्ध बिच्छेद दर्ता जस्तो महत्वपूर्ण दर्ताहरु आफ्नो मोबाईलबाटै गर्न सकिन्छ।
यस प्रणालीका मुख्य विशेषताहरु :
- अन्लाईन दर्ता सेवा,
- मोबाईल एप्स इन्टीग्रेसन भएको,
- प्रयोग गर्न निकै सजिलो,
- समय बचत हुने र दर्ता सरकारी कार्यालयद्वारा प्रामाणिक गरी मान्य हुने।
जनता र जन-प्रतिनिधि बिचमा सञ्चार अन्तर प्राय: सम्पूर्ण स्थानिय सरकारको साझा समस्या हो।
अब स्मार्टपालिकाको “जनता कनेक्ट” मोड्युल मार्फत जन-प्रतिनिधिहरुलाई जनतासँग संपर्क गरेर उहाँहरुको दृष्टिकोण, समस्या तथा सुझाव प्राप्त गर्नुको साथै सरल माध्यममा मेसेज, जानकारी, योजना र महत्त्वपूर्ण अद्यावधिकहरू पठाउन अत्यन्त सहज भएको छ।
जनता कनेक्टका विशेषताहरु:
१) अन्लाईन मेसेज, सूचना आदि पठाउन सकिने,
२) तालिका सेट गरी पुस नोटीफिकेसन पठाउन मिल्ने,
३) मोबाईल एप्स इन्टीग्रेसन भएको,
४) बैठक तथा एजेन्डाहरुको योजना तयार पार्न सकिने,
५) सार्वजनिक मान्यता मूल्यवान बनाउन सकिने।
Please follow and like us: