कोविडसँग मिलेर लडौ
स्मार्ट पालिकाद्वारा कोविड लडाईंका निम्ती गरिएका कार्यहरु
कोविड–१९ लाईभ ट्र्याकिङ, कन्ट्याक्ट ट्रेसिङ तथा बिपद व्यवस्थापन प्रणाली
स्मार्टपालिका र सेल एप इनोभेसनको संयुक्त प्रयासमा कोविड–१९ लाईभ ट्र्याकिङ, कन्ट्याक्ट ट्रेसिङ तथा बिपद व्यवस्थापन प्रणाली निर्माण गरिएको छ। यसप्रणाली अन्तर्गत हाल कोरोनाको ट्रायाकिङ, आइसोलेसनको जानकारी र दैनिक रिर्पोटिङ मोडुलर मोबाइल एप तथा वेब सिस्टममा उपलब्ध गराइएको छ।
हामीले नेपालका ७५३ वटै स्थानिय सरकारका निम्ती यस प्रणालीको निर्माण गरेका हौ र सबै स्थानिय सरकारी निकायलाई यस प्रणाली नि:शुल्क उपलब्ध गराउने वाचा पनि गरेका छौ।