Integrated Covid Response Platform Discussed

कोविड १९ सँगको लडाईंमा प्रविधिको भूमिकाबारे छलफल: एक अन्तर्दृष्टि।

यस कोविड १९ महामारीसँग लड्नको लागि, स्मार्टपालिकामा हाम्रो टिम सुरुवाती समय देखी Cellapp InnovationsRakshya सँगको सहकार्यमा अथक प्रयासहरु गरिरहेको छ। हामीलाई आशा छ हाम्रो प्राविधिक विशेषज्ञता र यस अगाडि आईपरेका विपद व्यवस्थापनको अनुभव यस महामारीसँग लड्नमा सहयोगी हुनेछ।

स्मार्टपालिकाको  initiation मा हिजो कोविड १९ प्रोजेक्टमा काम गरिरहनु भएका मन्त्रालय तथा अरु स्वतन्त्र सूत्रपातहरुको संगलग्नतामा प्रविधीको प्रयोग मार्फत विपद व्यवस्थापनमा कसरी सहयोग पुर्याउन सकिन्छ भनेर भिडियो एउटा छलफल सत्र सम्पन्न भयो।

यस विपदको समयमा, यो अवस्थासँग जुध्न यति धेरै सरोकारवाला निकायहरु लगायत स्वतन्त्र समूहहरु सचेत र सकृय भएर लागेको देख्दा हामी अझै उत्साहित र आशावादी भएका छौ। छलफलबाट हामी निम्न कुराहरुको निर्णय गर्यौ :

  •  हामीले Standard Data Sharing, Security सहितको एकीकृत #CovidResponse सिस्टमको सम्भवता बारे अध्ययन गर्यौ। Synergy बारे छलफल गर्यौ। यस्ता सिस्टम भविस्यमा असाध्यै सहयोगी र अवस्था अझै नाजुक हुँदै गयो भने अत्यावश्यक हुनेछ भन्ने हाम्रो बुझाई रहेको छ। ( हामी आशा गर्दछौ त्यस्तो अवस्थामा कदापि पुग्नु नपरोस)
  • संघीय र स्थानिय तहमा भईरहेको काममा उचित समन्वय र रोडम्यापको खाँचो भएको र एउटा प्लाटफर्मको आवश्यकता भएको हामीले महशुस गर्यौ। हामीले यस प्ल्याटफर्म बिकास गरेर सरकारलाई प्रविधी प्रदान गर्नुका साथ-साथै यसको प्रयोगिताबारे जानकारी र सुझाव दिने कार्य गर्न सकिन्छ कि भन्ने बारे पनि छलफल गर्यौ। यसले सबै #CovidResponse कार्यकलापलाई Streamline गर्नेछ भन्ने हामीले विश्वाश लिएका छौ।

यसबारे तपाईंहरुको केही सल्लाह-सुझाव भए हामीलाई संपर्क गर्न यहाँ थिच्नुहोस्

यस बिषयमा थप हुने कार्य र छलफलबारे हामी अद्यावधिक गराईरहने छौ। हामी आफ्नो तर्फबाट गर्न सकिने सम्पूर्ण सहयोग सरकारलाई उपलब्ध गराउन प्रतिबद्ध छौ।

यस विपदमा हामी सबै सँगै छौ र यसबाट निस्किन सक्ने योगदान दिनु हामी सबैको कर्तव्य हो। Covid Response मा हामीले अहिलेसम्म गरेका काम हेर्न यहाँ थिच्नुहोस्।

Please follow and like us:

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो ।